You will get-100% FREE Music and Audio uploads with no time limits
Unlimited Streaming of Music and Audio
Store an Unlimited amount of Music and Audio to your account
Download your favorite Music and Audio for free!
Create your own customized profile
Chilgaadi Episode 27This episode of programme highlight on some of the cultural significance of festivals of Newars such as Gathanmuga, Gunpunhi and Indrajatra
Chilgaadi Radio Programme (3 October 2011)चिलगाडी रेडियो कार्यक्रम (१६ असोज २०६८)

वडा दशैंको शुभ उपलक्ष्यमा सम्पूर्ण श्रोताहरुमा हार्दिक मंगलमय् शुभकामना । यस हप्ताको कार्यक्रममा हिन्दुहरुको महान चाड बडा दशैं सम्बन्धि एक रिपोटिङ्गको साथमा बडा दशैंको बिबिध पक्षबारे कुरा गर्न यस हप्ताको सांस्कृतिक चौतारीमा हुनु हुन्छ प्रा. शिबगोपाल रिसाल ।

Chilgaadi Radio Programme (19 Sptember 2011)चिलगाडी रेडियो कार्यक्रम (९ आश्विन २०६८)

Chilgaadi Radio Programme (Monday, 26 September 2011)

यो हप्ताको रेडियो श्रृंखलामा काठमाण्डौं उपत्यकामा बालबालिकाको संरक्षिकाको रुपमा पुज्दै आएको हारतीमाता अर्थात सितलामाजु सम्बन्धि एक रिपोटिङ्ग, पश्चिम नेपालका पुखौंदेखि नाच गान र देहव्यापारलाई आफनो परम्परागत पेशाको रुपमा अंगाल्दै आएका बादीहरु सम्बन्धमा कुरा गर्न आजको सांस्कृतिक चौतारीमा हुनु हुन्छ त्रिबिबिका सहप्राध्यापक प्रा. डा. डिल्ली ओलिको साथै हामी नेपाली हाम्रो संस्कृति नेपाली अन्तर्गत आजको श्रृंखला भगवान बुध्दको जन्म स्थाल लुम्बिनि ।
Chilgaadi Radio Programme (19 Sptember 2011)चिलगाडी रेडियो कार्यक्रम (२ असोज २०६८)

यस हप्ताको श्रृंखलामा यसै हप्ता मनाउंदै गरेको दोलखामा मनाइने कुमारी र भैरबको जात्रा सम्बन्धि एक रिपोर्टको साथै भाद्र कृष्ण प्रतिपदा देखि शुरु भएको सोह्रश्राध्दको ऐतिहासिकता, त्यसको उपादयता सम्बन्धि कुरा गर्न आजको सांस्कृतिक चौतारीमा हुनु हुन्छ इतिहास बिद् दिनेश राज पन्त र अन्तमा धाराबाहिक श्रृखला हामी नेपाली हाम्रो संस्कृति अन्तर्गत प्राचीन कपिलबस्तु ।
Chilgaadi Radio Programme (12 September 2011)चिलगाडी रेडियो कार्यक्रम (२६ भाद्र २०६८)

आजको श्रृंखलामा जात्रै जात्राको शहर काठमाण्डौं उपत्यकाको एक महत्वपूर्ण जात्रा इन्द्र सम्बन्धि एक रिपोर्टका साथै इन्द्र्रजात्रा र गुथि व्यवस्थाको एतिहासिक पृष्ठभूमि र गुथि संस्थानको भूमिका बारे कुरा गर्न यस श्रृंखलाको सांस्कृतिक चौतारीमा हुनु हुन्छ गुथि संस्थानको औचित्य अध्ययन टोलिकी संयोजक त्रिभूवन विश्वबिद्यालयका सहप्राध्यापक डा. चुन्दा बज्राचार्य, साथ हामी नेपाली हाम्रो संस्कृति नेपाली अन्तर्गत प्राचिन कपिलबस्तु सम्बन्धि लेखामाला ।

रेडियो सुन्न यहां क्लिक गर्नु होला ।

Chilgaadi Radio Programm (5 September 2011)चिलगाडी रेडियो कार्यक्रम (१९ भाद्र २०६८)

आजको श्रृंखलामा काठमाण्डौं उपत्यकाका हिन्दु तथा बौध्द संप्रदायहरुको साझा देवीको रुपमा प्रचलित जीवित देबी कुमारी सम्बन्धि एक रिपोर्ट, संस्कृति तथा धर्म प्रतिको संबेदनशिलता तथा आस्था घट्दै जानुको साथै बढदो शहरीकरणको असरले सांस्कृतिक सम्पदा क्षेत्रहरुको बिग्रदो बाताबरण सम्बन्धि कुरा गर्न आजको सांस्कृतिक चौतारीमा हुनु हुन्छ बाताबरणबिद् अनिल चित्रकार र हामी नेपाली हाम्रो संस्कृति नेपाली धाराबाहिक लेखमाला अन्तर्गत प्रस्तुत छ प्राचिन गणराज्य कपिलबस्तु ।
Chilgaadi Radio Programme (29 August 2011)चिलगाडी रेडियो कार्यक्रम (१२ भाद्र २०६८)

यस हप्ताको श्रृखलामा हिन्दु नारीहरुको महान चाड तीजको सांस्कृतिक महत्व र बढ्दै गएको तड्कभड्क बारे एक बिश्लेषणात्मक रिपोर्ट र नेपाल अर्बुद् रोग निबारण संघद्वारा देशका बिभिन्न भागमा रहेका सांस्कृतिक सम्पदा क्षेत्रहरुलाई धुम्रपानमुक्त क्षेत्र बनाउने अभियानबारे कुराकानि गर्न नेपाल अर्बुद रोग निबारण संघका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ साथै धाराबाहिक श्रंखला हामी नेपाली हाम्रो संस्कृति नेपाली अन्तर्गत प्राचिन गणराज्य कपिलबस्तु ।

Chilgaadi Radio Programma (22 August 2011)चिलगाडी रेडियो कार्यक्रम (५ भाद्र २०६८)

आजको अंकमा कीर्तिपुरमा आयोजित काठमाण्डौं उपत्यकाव्यापि परम्परागत लाखेनाच महोत्सव सम्बन्धि स्थलगत रिपोर्टको साथमा इतिहास लेखिन देखि देशको सर्वाङ्गन बिकासको लागि महत्वपूर्ण लोक जीवनको बिबिध पक्षको अध्ययन बिधि लोक वार्ताको महत्व र उपादेयताबारे कुरा गर्न सांस्कृतिक चौतारीमा हुनु हुन्छ प्राध्यापक तुल्सी दिवस र हामी नेपाली हाम्रो संस्कृति अन्तर्गत धाराबाहिक श्रृखलामा किरातीहरुको इतिहास ।
Chilgaadi Radio Programme (15 August 2011)चिलगाडी रेडियो कार्यक्रम (१५ अगष्ट २०११)

यस हप्ताको चिलगाडी रेडियो कार्यक्रममा समाचारमूलक नियमित चिलगाडी डायरी, काठमाण्डौं उपत्यकको नेवार समुदायको सांस्कृतिक जीवनमा गहिरो सम्बन्ध राख्ने लाखे नाच सम्बन्धि एक रिपोर्टको साथै उपत्यका लगाएत बिभिन्न नेवार बस्तीहरुमा मनाइने सायाः अर्थात गाइजात्राको ऐतिहासिकता र त्यसको सांस्कृतिक तथा धार्मिक महत्वबारे आजको सांस्कृतिक चौतारीमा हुनुहुन्छ संस्कृतिबिद् प्रा डा. पुरुषोत्तम लोचन श्रेष्ठ साथै धाराबाहिक लेखमाला हामी नेपाली हाम्रो संस्कृति नेपाली अन्तर्गत आज श्रृंखलामा प्रस्तुत छ प्राचीन नेपाल र किरात ।